काठमाडौं- इङ्ग्लिस प्रिमियर लिग फुटबलको अंक तालिकामा लिभरपुल पुन: शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार न्यु क्यासल युनाइटेडलाई हराउँदै उपाधि होडमा रहेको लिभरपुलले महत्त्वपूर्ण तीन अंक बटुलेको हो। उसका लागि खेलको १९औं मिनेटमा नेबी केइटाले गरेको गोल नै निर्णायक बन्यो।
जितसँगै लिभरपुल म्यानचेस्टर सिटीलाई पछि पार्दै ८२ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको सिटी ८० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। सिटीले ३३ खेल खेलेको छ।
१७ बैशाख २०७९, शनिबार २१:३३ मा प्रकाशित