९ असाेज २०७९, आईतबार
श्रोत नखुलेको १६ लाखसहित २ जना पक्राउ
  • मध्यमार्ग

काठमाडौं- प्रहरीले श्रोत नखुलेको १६ लाख रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका- माछापोखरी कुमारीस्थानस्थित सडकखण्डमा शंकास्पद रुपमा हिँडिरहेका अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-११ घर भई हाल तनहुँको बन्दिपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने ३३ वर्षीय सागर जादव रहेका छन्।

शंकास्पद रूपमा हेरिरहेका उनीहरूलाई प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले खानतलासी लिने क्रममा श्रोत नखुलेको १६ लाख रूपैयाँ बरामद जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए।

घटनाका सम्बन्धमा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • १७ बैशाख २०७९, शनिबार २०:०६ मा प्रकाशित
  • Nabintech