काठमाडौँः बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए३३० अवतरण गरेको छ ।
जहाज साँझ ५ः५५ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो उडान परीक्षणका रुपमा गरिएको हो ।
त्रिभुवन विमानस्थलको विकल्पका रुपमा तयार विमानस्थलमा काठमाडौँकै क्षमतामा जहाजहरु उडान तथा अवतरण गर्न सकिन्छ ।
यो उडानमा पर्यटनमन्त्रीसहित पर्यटन मन्त्रालय, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरणसहितका प्रतिनिधिहरु रहेका छन् ।
गौतमबुद्ध विमानस्थलमा २ जेठबाट नियमित उडान गर्ने तयारी रहेको छ ।
१५ बैशाख २०७९, बिहीबार २२:०८ मा प्रकाशित