काठमाडौँः सरकारले हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
यो निर्णय जेठ १ गतेदेखि लागू हुनेछ ।
कार्यालय समय भने बढाएर बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म तोकिएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
१४ बैशाख २०७९, बुधबार १४:५२ मा प्रकाशित