२० असाेज २०७९, बिहीबार
एमालेले खोल्यो खाता, डोल्पामा गाउँपालिका अध्यक्ष र ताप्लेजुङमा वडाध्यक्षसहितको टिम निर्विरोध
  • मध्यमार्ग

काठमाडौँ । नेकपा (एमाले) ले विजयी यात्रा सुरु गरेको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले पूर्वी पाहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा एक वडाध्यक्ष निर्विरोध भएसँगै विजय हासिल गरेको छ ।

उम्मेदवार मनोनयनको चटारोमा दलहरु रहेका बेला चीनसँगको सीमावर्ती ओलाङचुङगोलामा गाउँ भेलाले एमाले नेता छेतेन शेर्पा निर्विरोध वडाध्यक्ष बनेका हुन् ।

त्यस्तै, एमालेका उम्मेदवारहरु डोल्पा जिल्लाको से–फोक्सुन्डो गाउँपालिका अध्यक्ष धावासम्डुक लामासहितको टीम निर्विरोध निर्वाचित भएको छ ।

गाउँपालिकाका वडा नम्बर १, ३, ५, ६, ७ र ९ का वडाध्यक्षहरु क्रमशः जिक्मेछोइङ लामा, पेमागिर्मे गुरुङ, कार्मातार्के गुरुङ, रिग्जिन गुरुङ, पेमाछिरिङ गुरुङ र सार्के लामासहित अन्य सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरी, छार्काताङ्सोङ गाउँपालिकाका उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् ।

  • १२ बैशाख २०७९, सोमबार २०:१३ मा प्रकाशित
  • Nabintech