काठमाडौँः निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि सोमबारसम्म ४७ हजार ६१७ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेको जनाएको छ ।
आयोगले साँझ ५ बजेसम्मको विवरण प्रदेशगत र जिल्लागत रूपमा सार्वजनिक गरेको हो ।
जसमा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडा सदस्यसमेत गरी सातैवटा प्रदेशमा ४७ हजार ६१७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सबैभन्दा बढी मधेश प्रदेशमा १२ हजार २१६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा मेयरमा ५४८, उपमेयरमा २९२, अध्यक्षमा ३५४ र उपाध्यक्षमा २०९ जनाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा तीन हजार १२० जनाको उम्मेदवारी परेको छ ।
हेर्नुस् कहाँ कतिले दर्ता भए मनोनयन ?

१२ बैशाख २०७९, सोमबार १८:३३ मा प्रकाशित