काठमाडौः वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि आइतबार १० हजार ५३३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार दर्ता भएको प्रारम्भिक तथ्यांक रहेको जनाएको छ ।
अब सोमबार विहान ११ बजेदेखि साँझ ५ बजेसम्म मनोनयन उम्मेदवारी दर्ता हुनेछ ।
बुधबार र बिहीबार दावीविरोध उपर जाँचबुझ गर्ने र शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।
आयोगका अनुसार १७ गते शनिवार उम्मेदवारह?लाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।
११ बैशाख २०७९, आईतबार २२:५२ मा प्रकाशित