९ असाेज २०७९, आईतबार
एमालेले काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उठाउने
  • मध्यमार्ग

काठमाडौं : नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उठाउने भएको छ।

शनिबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालयको बैठकले केही काठमाडौंको मेयरमा स्थापतिलाई उठाउने निर्णय गरेको छ।

स्थापति काठमाडौंका पूर्वमेयर हुन् भने हाल बागमती प्रदेश सभाका सदस्य पनि हुन्। उनी केही समय बागमती प्रदेश सरकारको मन्त्री समेत भएका थिए।

यस्तै, एमालेले काठमाडौंको उममेयर सुनिता डंगोललाई उठाउने भएको छ। मिस नेवा भइसकेकी डंगोलले यसअघि स्वतन्त्र रूपमा काठमाडौंको मेयरमा उठ्ने घोषणा गरेर तयारी अघि बढाएकी थिइन्।

  • १० बैशाख २०७९, शनिबार २१:२० मा प्रकाशित
  • Nabintech