१७ असाेज २०७९, सोमबार
२८ वर्ष स्वास्थ्य सेवा गरेका दीपक थापा, जसले संकल्प गरेका छन् समृद्ध वडा निर्माणको
  • मध्यमार्ग

काठमाडौं : एउटा प्रख्यात भनाइ छ– सपना त्यो होइन जो निदाएको बेला देखिन्छ, सपना त्यो हो जसले निदाउन दिँदैन।

यस्तै सपना बोकेर अचेल निदाउन छाडेका छन् बर्दियाको ठाकुरबाबा नगरपालिका–६ का दीपकबहादुर थापा। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ठाकुरबाबा नगरपालिका–६ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका उनी कसरी आफ्नो वडालाई समृद्ध र सफल बनाउन सकिन्छ भन्ने ध्याउन्नमा छन्। समृद्धिको सपनामा भविष्यका योजना कोरिरहेका छन्।

उनलाई चिन्ता छ आफ्नो वडाको शिक्षा, स्वास्थ्य, सफाइ, पूर्वाधारको। चिन्ता छ समग्र वडाको। त्यही भएर यही विषयमा वडावासीसँग दैनिक भेटिरहेका छन्। आफ्ना योजना सुनाइरहेका छन्। योजना बनाइरहेका छन्।

२८ वर्ष स्वास्थ्यकर्मीका रुपमा जीवन बिताएका उनले स्वास्थ्य र सफाइका क्षेत्रमा आफ्ना केही संकल्पहरु व्यक्त गरेका छन्।

यस्ता छन् उनको प्रतिबद्धतापत्रमा समावेश स्वास्थ्य र सरसफाइका कुरा :

  • शिवपुर स्वास्थ्य चौकीको गुणस्तरीय सेवा प्रवाहका लागि एम्बुलेन्स तथा आधुनिक प्रयोगशालाको निमार्ण गरि व्यवस्थापन गर्ने।
  • हरेक टोलमा गाउँघर क्लिनिक सेवा व्यवस्थापन गर्न खुला बैठक कक्षहरु निर्माण गर्ने।
  • शिवपुर स्वास्थ्य चौकीको गुणस्तरीय सेवा लागि आवश्यक कर्मचारी र सामाग्री व्यवस्थापन गर्ने।
  • शिवपुर स्वास्थ्य चौकीबाट दिन सकिने प्रसुती सेवा र सामग्री व्यवस्थापन गर्ने।
  • कम्तिमा वर्षको ३ पटक स्वास्थ्य विशेषज्ञद्वारा भिन्न रोगहरु सम्बन्धि शिविर संचालन गर्ने।
  • स्वास्थ्य र सरसफाई सम्बन्धि विद्यालय तथा सामुदायिक जनचेतना कार्यक्रम संचालन गर्ने।

शिक्षा क्षेत्रमा पनि उनका केही सपनाहरु छन्। जसलाई पूरा गर्ने मीठो कल्पनासहित उनी योजना बनाइरहेका छन्। जनज्योती मावि बकुवाको नयाँ भवनलाई तेस्रो र चौथो तला थप गरि सोही भवनबाटै स्वच्छ पिउने पानी, प्रविधि र गुणस्तरीय पढाइको व्यवस्थापन गर्ने उनको प्रतिबद्धता छ।

यस्तै, सोही विद्यालयमा प्राविधिक शिक्षा संचालन गर्न पहल गर्ने, खेलमैदानको पर्याप्त व्यवस्थापन गर्नुका साथै हरित बगैँचाका निमार्ण गर्ने, जनता आधारभूत विद्यालय तुलसीपुरलाई कक्षाकोठा तथा पर्खाल निर्माण गर्ने, दुवै विद्यालयका शिक्षक तथा अन्य सरोकारवालासँगको परामर्शमा शिक्षक ,शैक्षिक सामाग्री, फर्निचर, शैक्षिक भ्रमण, पुस्तकालय, गोष्ठि, स्वच्छ पिउने पानीको व्यवस्थापन गर्ने थापाको प्रतिबद्धता छ।

  • यस्तो छ उनको शैक्षिक कार्यक्रमतर्फको वाचा :
    श्री जनज्योती मा.वि. बकुवाको नयाँ भवनलाई तेस्रो र चौथो तला थप गरि सोहि भवनबाटै स्वच्छ पिउने पानी, प्रविधी र गुणस्तरीय पढाईको व्यवस्थापन गर्ने ।
  • श्री जनज्योती मा.वि मा प्राविधिक शिक्षा संचालन गर्न पहल गर्ने ।
  • श्री जनज्योती मा.वि. बकुवाको खेलमैदानको प्रयाप्त व्यवस्थापन गर्नुका साथै हरित बगैँचाका निमार्ण गर्ने ।
  • श्री जनता आ.वि.तुलसीपरुलाई कक्षाकोठा तथा पर्खाल निर्माण गर्ने ।
  • दुवै विद्यालयका शिक्षक तथा अन्य सरोकारवालासँगको परामर्शमा शिक्षक ,शैक्षिक सामाग्री, फर्निचर,शैक्षिक भ्रमण,पुस्तकालय, गोष्ठि, स्वच्छ पिउने पानीको व्यवस्थापन गर्ने ।
  • श्री जनज्योती मा.वि.लाई बृहत विद्यालय अवधारणा (Big School Concept) अनुशरण गर्दै प्राविधिक धार तथा अंग्रेजी माध्यमको पठनपाठन संचालन गरि शैक्षिक पर्यटनमा जोड्ने ।
  • श्री ओम आदर्श एकेडेमी सार्वजनिक गुठीको चुस्त, दिगो र प्रभावकारी सेवा व्यवस्थापनका साथै अन्य शैक्षिक संस्थाहरु समेतका बालबालिका र शिक्षकहरुको व्यक्तित्व विकास गर्ने ।
  • शिवपुर सामुदायिक पुस्तकालयलाई श्री जनज्योती मा.वि. अन्तर्गत व्यवस्थापन गरि व्यवस्थित वाचनालयको विकास गर्ने ।
  • मर्जरमा परेका श्री सरस्वती प्रा.वि. र श्री निकञ्ज प्रा.वि.को सम्पुर्ण चल अचल जायजेथा सम्बनिधत विद्यालयमा कायम गराउने ।
  • श्री जनज्योती मा.वि.मा चमेना गृहको व्यवस्था गर्ने ।

यसैगरी, सिंचाई तथा विद्युतीकरण, यातायात तथा भौतिक पूर्वाधार, सामाजिक सुरक्षा र सुशासन, कृषि,उद्यम तथा पर्यटन, जैविक विविधता संरक्षण तथा पशुपंक्षी, जीउधन र बाली क्षतिपूर्ति, संस्थागत विकास, पर्यटन उद्यम तथा रोजगारी, सम्मान तथा सशक्तिकरण, खेलकुद,व्यक्तित्व विकास तथा मित्रता, कला तथा संस्कृति संरक्षण लगायतमा उनले काम गर्ने बताएका छन्।

महत्वाकांक्षी तथा दीर्घकालीन कार्यक्रमका रुपमा वन्यजन्तुबाट पीडित जनताहरुको बाली, पशुपंक्षी, जीउधन, घरगोठ क्षतिको राहत स्वरुप ठाकुबाबा नगर सरकारले गरेको राहत कार्यक्रमको मोडालिटी सरल, जनमैत्री र नमुनायोग्य भएकोले सो कोष बृद्धि गर्दै क्षतिपुर्तिको व्यवस्था गर्न सम्बन्धित सरोकारवाला पक्षसँग समन्वय र पैरवी गर्ने, अबको अवधि “ठाकुबाबाको भूगोल, पर्यटनमा अनमोल” नाराका साथ ठाकुरबाबा विकास मोडेल अवलम्बनको पैरवी गर्दै ठाकुरबाबा पर्यटन विकास गुरुयोजना निर्माण, सम्भाव्यता अध्ययन तथा पर्यटक आगमन र बसाई लम्ब्याउने कार्यक्रमहरु सञ्चालनका लागि पे्ररित गर्ने उनको भनाइ छ।

समय–समयमा बहसमा रहेको शिवपुर पर्यटन विमानस्थलको निर्माणार्थ सरोकारवालाहरुबीच बहस पैरवी गर्ने, ठाकुरबाबाका सिंचाइविहीन वडाहरु ६, ७ र ८ का साथै वन्यजन्तु प्रयोजनार्थ विगतदेखि प्रस्तावित कर्णाली सिंचाइ योजना र बबई सिंचाइ योजना संचालनका लागि समन्वय गर्ने थापाको प्रतिबद्धता छ।

  • १० बैशाख २०७९, शनिबार ०९:५४ मा प्रकाशित
  • Nabintech