१७ असाेज २०७९, सोमबार
स्थानीय निर्वाचन : अगाडि बढ्यो मतपत्र छाप्ने कागज खरिदको प्रक्रिया
  • मध्यमार्ग

निर्वाचन आयोगले मतपत्र छपाइका लागि आवश्यक पर्ने कागजको ‘स्पेसिफिकेसन’ र लागत अनुमान स्वीकृत गरी इ–विडिङको माध्यमबाट खरिद प्रक्रिया अगाडि बढाइएको छ।

आयोगले बिहीबार विज्ञप्ति प्रकाशित गर्दै मतदान केन्द्रमा प्रयोग हुने विभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीहरुको ‘स्पेसिफिकेसन’ पनि स्वीकृत भएको जानकारी गराएको हो।

त्यस्तै, जनता प्रगतिशील पार्टी, नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीन वटा राजनीतिक दल दर्ता गरिएको छ। ‘यसपछि आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलहरुको संख्या १०६ पुगेको छ’, विज्ञप्तिमा भनिएको छ।

निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रमका लागि आयोगले उत्पादन गर्ने निर्वाचन गीति सन्देश, संवादमूलक सन्देश, लघु कथा आदि लेखनका लागि प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्न सूचना प्रकाशन गरेको पनि विज्ञप्तिमा जानकारी गराइएको छ।

‘निर्वाचनमा प्रचार हुने यस्ता सामग्रीहरुको तयारीमा सहभागिता जनाइ निर्वाचनको काममा सहयोग गरिदिनुहुन आयोग सम्पूर्ण सृजनाकार एवम् श्रष्टाहरुमा हार्दिक अनुरोध गर्दछ। उत्कृष्ट रचनाहरुलाई नगद पुरस्कार एवम् प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ।

  • १६ फागुन २०७८, सोमबार १३:४८ मा प्रकाशित
  • Nabintech