१० मंसिर २०७९, शनिबार
भीरबाट लडेर सिन्धुपाल्चोकमा म्यादी प्रहरीको मृत्यु
  • मध्यमार्ग

प्रतिकात्मक तस्वीर।

सिन्धुपाल्चोकः सिन्धुपाल्चोकमा भीरबाट लडेर एक म्यादी प्रहरीको मृत्यु भएको छ ।

बिहीबार बिहान ६ बजे चौतारा साँगाचोकगढी नगरपालिका–६ पिपलडाँडास्थित चौतारा नवलपुर सडकमुनी म्यादी प्रहरी स्थानीय ४० वर्षीय दुर्गा सिंह बस्नेत मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनी बुधबार अपराह्न साढे ४ बजे म्यादी प्रहरीको प्रशिक्षणपछि घर फर्किएका थिए । तर बिहीबार बिहान उनी सडकको डिलबाट ४० मिटर तल मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

  • ८ बैशाख २०७९, बिहीबार २०:२५ मा प्रकाशित
  • Nabintech