९ असाेज २०७९, आईतबार
हेर्नुस् नायिका केकी र रोहितको विवाह तस्वीरमा
  • मध्यमार्ग

काठमाडौँः नायिका केकी अधिकारी र व्यवसायी रोहित तिवारीले लगनगाँठो कसेका छन् ।

वुधबार नै विवाह भएको हल्ला भए पनि उनीहरुले बिहीबार सानो जमघटमा परम्परागत रुपमा विवाह गरेका हुन् ।

विवाहपश्चात केकीले सामाजिक सञ्जालमा विवाहको शुभ समाचार बाँड्न पाएको आफू हर्षित रहेको बताइन् । उनले जीवनको नयाँ अध्यायमा सबै आशीर्वाद प्राप्त गर्ने अपेक्षा राखेको बताइन् ।

‘यहाँहरुको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौं,’ उनले भनेकी छन् ।

  • ८ बैशाख २०७९, बिहीबार २०:०५ मा प्रकाशित
  • Nabintech