
नेकपा (एमाले)ले महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार १० वैशाखमा टुंगो लगाउने भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको बैठकमा सिफारिस भएका उम्मेदवारहरुको नाम महासचिव शंकर पोखरेलले प्रस्तुत गरेका थिए ।
ती नाममा जित्ने र लोकप्रियता लगायत विषयमा थप अध्ययन गरी वैशाख १० गते टुंगो लगाउने सचिव योगेश भट्टराईले जनाएका छन् ।
८ बैशाख २०७९, बिहीबार १८:४९ मा प्रकाशित