२० असाेज २०७९, बिहीबार
एमालेको उद्देश्य देश बनाएरै छाड्ने होः ओली
  • मध्यमार्ग

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको उदेश्य देश बनाएरै छाड्ने रहेको बताएका छन् ।

उनले नेपाल गरिब हुनै नसक्ने देश भएको भन्दै देशलाई बनाएरै छाड्ने आफ्नो प्रतिवद्धता प्रस्तुत गरेका हुन् ।

बिहीबार पार्टीको पहिलो केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘हाम्रो उद्देश्य यो देश बनाएर छाड्ने हो । यो देश गरीब हुन सक्ने देश होइन्। गरीब हुनै नसक्ने देश हो यो । हाम्रा पुर्खाहरुको हिसाबले यो पछाडि पर्नसक्ने देश होइन । यस्तो उर्वर, जिउँदो माटो, जिउँदो हावा भएको देश हो ।’

अध्यक्ष ओलीले माटो मृत भयो भने केही नहुने भन्दै बिरामी भएको माटोलाई उपचार गर्नुपर्ने बताए । ‘माटो मृत भयो भने त्यसमा केही हुँदैन । हाम्रो माटो जिउँदो माटो हो। माटो बिमारी होला त्यसको उपचार हुन्छ। आम रुपमा माटो स्वस्थ छ, त्यसको उपचार हुन्छ,’ उनले भने ।

  • ८ बैशाख २०७९, बिहीबार १८:०८ मा प्रकाशित
  • Nabintech