१७ असाेज २०७९, सोमबार
केकी अधिकारीले गरिन् विवाह, को हुन् उनका श्रीमान ?
  • मध्यमार्ग

 

काठमाडौँः नायिका केकी अधिकारीले लगनगाँठो कसेकी छन् ।

वुधबार अधिकारीले आफ्ना प्रेमी रोहित तिवारीसँग विवाह गरेकी हुन् ।

उनीहरुले आफ्ना सिमित आफन्तहरुका बीच विवाह गरेका हुन् ।

अधिकारीले विवाहका आफ्ना तस्वीरहरु भोलि सार्वजनिक गर्ने बताइएको छ ।

केकी व्यवसायी रोहितसँग प्रेममा रहेकी थिइन् । आफ्नो सम्बन्धलाई सार्वजनिक नगरिकनै उनीहरुले विवाह गरेका हुन् ।

रोहित हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह संस्थापक र सीइओ हुन् ।

उनी पहिलैदेखि सुटुक्कै विवाह गर्ने योजनामा रहेकी थिइन् ।

  • ७ बैशाख २०७९, बुधबार २१:३८ मा प्रकाशित
  • Nabintech