काठमाडौँः निकै सकसपूर्ण कसरतपछि सत्तारुढ गठबन्धनले उपमहानगरपालिकाको भागवण्डा मिलाएको छ ।
आआफ्नै अडानमा रहेका दलहरुले वुधबारको भागवण्डा मिलाएका हुन् ।
बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारलाई लिएर विवाद चर्किएको थियो ।
नेपालगञ्जमा कांग्रेसलाई मेयरको उम्मेदवारी दिने गठबन्धनले सहमति गरेको हो ।
यससँगै अब सबै महानगरपलिका र उपमहानगरपालिकाको नेतृत्वमा गठबन्धनभित्र सहमति जुटेको एक नेताले दैनिक नेपाललाई जानकारी दिएका छन् ।
जसअनुसार कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी गरी ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाएको छ भने नेकपा माओवादी केन्द्रले जीतपुर सिमरा र घोराहीसहित दुई उपमहानगरपालिकामा मेयरको उम्मेदवारी पाएको छ ।
त्यस्तै, एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिका लिएको छ ।
महानगरपालिकाको भागवण्डा मंगलबार नै टुंगिएको हो ।

७ बैशाख २०७९, बुधबार १७:२६ मा प्रकाशित