काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३६ अंकले घटेको छ ।
निरन्तर घटिरहेको नेप्से वुधबार ३६.७३ अंकले घट्दै २३२०.५२ अंकमा झरेको हो । आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् ।
त्यस्तै, कारोबार रकम भने एक अर्ब ४५ करोडमै सिमित भएको छ ।
विभिन्न कम्पनीका ३५ लाख कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४५ करोड बराबरको कारोबार भएको छ ।
७ बैशाख २०७९, बुधबार १५:४३ मा प्रकाशित