२० असाेज २०७९, बिहीबार
गभर्नर अधिकारीलाई कुनै कारवाही नगर्न सर्वोच्चको अन्तरिम आदेश
  • मध्यमार्ग

 

सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध कुनै कारवाही नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

अदालतले मंगलबार गभर्नर अधिकारीलाई हटाउन सरकारले गरेको निलम्बनको कारबाही तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश हरि फुयालको एकल इजलासमा भएको सुनुवाइपछि यस्तो आदेश भएको हो ।

गभर्नर अधिकारीलाई नहटाउन र पदमा रहेर काम गर्न दिन आदेश सर्वोच्चले आदेश गरेको हो ।

अधिकारीको पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, शम्भु थापा, राधेश्याम अधिकारी, हरिहर दाहाललगायतले बहस गरेका थिए ।

अदालतले वैशाख १३ गते दुवै पक्षलाई झिकाएर छलफल गर्न आदेश दिएको हो ।

  • ६ बैशाख २०७९, मंगलबार १७:५९ मा प्रकाशित
  • Nabintech