सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा मनोनयन अघि पदबाट राजीनामा दिनुपर्ने व्यवस्था कायमै रहने फैसला गरेको छ ।
यसअिघ अदालतले राजीनामा दिनु नपर्ने अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । मंगलबार त्यस आदेश खारेज गर्दै उम्मेदवार बन्न चाहने वहालावाला जनप्रतिनिधिहरुले मनोनयन दर्ता गर्नुअघि राजीनामा दिनैपर्ने फैसला सुनाएको हो ।
न्यायाधीशहरु तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट निवेदन खारेज हुने निर्णय गरेको बताइएको छ ।
६ बैशाख २०७९, मंगलबार १७:१८ मा प्रकाशित