सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले महानगरपालिकाको भागबण्डामा सहमति जुटाएको छ ।
मंगलबार अपराह्न बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुबीचको बैठकले ५ मध्ये ३ महानगर कांग्रेसलाई दिने, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीलाइृ एक एक महानगर दिने सहमति गरिएको बताइएको छ ।
जसअनुसार वीरगञ्ज महानगर जसपालाई, चितवनको भरतपुर माओवादी र पोखरा एकीकृत समाजवादीलाई दिइने सहमति भएको हो ।
कांग्रेसले भने काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकामा निर्वाचन लड्ने बताइएको छ ।
६ बैशाख २०७९, मंगलबार १७:०४ मा प्रकाशित