९ असाेज २०७९, आईतबार
देउवालाई प्रधानमन्त्री बनाउन मात्रै गठबन्धनः रामचन्द्र पौडेल
  • मध्यमार्ग

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५३ औं स्थापना दिवसमा जुहारी चलेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले अहिलेको गठबन्धन देउवालाई प्रधानमन्त्री बनाउन मात्रै भएको बताए ।

पौडेलले भने, ‘यो गठबन्धन शेरबहादुरलाई प्रधानमन्त्री बनाउन मात्र होइन, लोकतन्त्र बचाउनका लागि हो, परिवर्तन बचाउनका लागि हो र अग्रगामी रुपान्तरणका लागि यो गठबन्धन हो ।’

त्यसको जवाफमा देउवाले आफूले पौडेललाई प्रधानमन्त्री बनाइदेउ नभनेको बताए ।

‘मलाई प्रधानमन्त्री बनाइदेऊ भनेर मैले रामचन्द्रलाई भनेकै होइन’ उनले भने, ‘सबै साथीहरुले बन भन्नुभयो के गर्ने ?’

देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हारिए पनि गठबन्धनका कारण सरकार चलाउन पाएको बताए ।

  • ६ बैशाख २०७९, मंगलबार १४:४८ मा प्रकाशित
  • Nabintech