काठमाडौं : सोमबार सुनचाँदीको मूल्य बढेको छ। अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ।
सोमबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
५ बैशाख २०७९, सोमबार १२:०७ मा प्रकाशित