९ असाेज २०७९, आईतबार
दराजको ‘नयाँ रहर, नयाँ अफर’ सुरु 
  • मध्यमार्ग

अनलाइन बजार दराजले नयाँ वर्षको अवसरमा नयाँ रहर, नयाँ अफर सुरु गरेको छ।

यो अभियान आधिकारिक रूपमा आइतबार रातिदेखि सुरु भएको छ। यस वर्षको अभियान विगतका वर्षभन्दा फरक हुने तथा आकर्षक र रोमाञ्चक सपिङ अनुभव ग्राहकले लिने कम्पनीले दाबी गरेको छ।

६० प्रतिशतसम्मको मेगा डिल, ५ हजारसम्मको विशेष छुट भौचरहरू, अनलाइन प्रिपेमेन्टमा (बैंक कार्ड, ईसेवा र आईएमई पे वालेट) १ हजार ५ सय सम्मको छुट, खेल १ रुपैयाँमार्फत उत्कृष्ट पुरस्कार जित्ने मौका, निःशुल्क सिपिङ र बम्पर उपहारको रूपमा याडिया एसलाइक स्कुटर जित्ने मौका रहेको छ।

डेबिट र क्रेडिट कार्डबाट प्रि–पेमेन्ट गर्दा छुट दिनका लागि कम्पनीले सानिमा बैंक, एनआईसी एसिया बैंक, नेपाल बैंक, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट, एनएमबी, सनराइज, मेगा, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, र सेन्चुरी बैंकसँग सम्झौता गरेको छ।

कार्डबाहकले डेबिट कार्डमार्फत प्रि–पे गरेमा १० प्रतिशत (अधिकतम १ हजार) र क्रेडिट कार्डमार्फत गरेमा १५ प्रतिशत (अधिकतम १ हजार ५ सय)सम्मको छुटको पाउने छन्।

सांग्रिला बैंक, ज्योति विकास र मुक्तिनाथ बैंक विकासका डेबिट कार्डबाहकले प्रि–पेमेन्टमा १० प्रतिशत (अधिकतम १ हजार रुपैयाँ) छुट पाउने छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंकका कार्डबाहकले डेबिट/क्रेडिट कार्ड प्रि–पेमेन्टमा १० प्रतिशत (अधिकतम १ हजार) छुट पाउने छन्।

यसबाहेक दराजका ग्राहकहरूले ई–सेवा र आईएमई–पे वालेटमार्फत भुक्तानी गर्दा सीमित अवधिका लागि १० प्रतिशत (अधिकतम १ हजार) सम्मको अतिरिक्त छुट पनि पाउने कम्पनीले जनाएको छ।

  • २८ चैत २०७८, सोमबार १८:५५ मा प्रकाशित
  • Nabintech