९ असाेज २०७९, आईतबार
‘म्यान’को कार्यकारी बोर्ड सदस्यमा शिवम् सिमेन्टका अध्यक्ष गोयल निर्वाचित
  • मध्यमार्ग

शिवम् सिमेन्ट्स लिमिटेडका संचालक अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल व्यवस्थापन संघ नेपाल (म्यान), को कार्यकारी बोर्ड सदस्यमा निर्वाचिन भएका छन्।

शनिबार सम्पन्न ४१ औं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट गोयल कार्यकारी बोर्ड सदस्यमा निर्वाचिन भएका हुन्।

गोयल संस्थागत समूहतर्फको प्रतिनिधित्व गर्दै म्यानको कार्यकारी बोर्डको सदस्य पदमा निर्वाचित भएका हुन्। उक्त पदमा शिवम् सिमेन्टको तर्फबाट दोस्रोपटक प्रतिनिधित्व भएको छ।

यसअघि सन् २०२० मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूहतर्फको प्रतिनिधित्व गर्दै व्यवस्थापन संघ नेपालको कार्यकारी बोर्ड सदस्य पदमा निर्वाचित भएको थियो।

  • २८ चैत २०७८, सोमबार १८:५४ मा प्रकाशित
  • Nabintech