१७ असाेज २०७९, सोमबार
मिदास इ–क्लाससँग भायनेटको सहकार्य
  • मध्यमार्ग

इन्टरनेट सेवा प्रदायक भायनेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने उद्देश्यले ई–लर्निङको सुरुवातकर्ता मिदास एडुकेसनसँग साझेदारी गरेको छ।

यो सहकार्यसँगै भायनेटका सबै ग्राहकहरूले मिदास इ–क्लास १ महिना निःशुल्क चलाउन पाउनेछन्।

नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीका लागि सरकारद्वारा प्रमाणित पाठ्यक्रम रहेको मिदास इ–क्लास एन्ड्रोइड मोबाइल र ल्यापटपमा वेबसाइटमार्फत प्रयोग गर्न सकिन्छ।

विभिन्न ट्युटोरियल भिडियोहरू, क्विजहरू र विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरु रहेको यो सेवाले अनलाइन सिकालाई अझ सहज र रमाइलो बनाउँछ।

मिदास इ–क्लासमा लाइभ ट्युटोरिङको विशेष सुविधा पनि रहेकाले शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई लाइभ सिकाउन र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न सक्छन्।

विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागि फलामे ढोका मानिने एसईई नजिकै रहेको अवस्थामा परीक्षाको तयारी गरिरहेका सबै विद्यार्थीहरूलाई  यो सहकार्यले विशेष फाइदा पुग्ने आशा गरिएको छ।

भायनेटले वैशाख, २०७९ सम्म आफ्ना ग्राहकलाई मिदास इ–क्लास एक महिना नि:शुल्क चलाउन दिने भएको हो। भायनेटका ग्राहकहरूले आफ्नो भायनेट कस्टमर पोर्टल वा भायनेट मोबाइल एपमार्फत लगइन गरी मिदास इ–क्लास दाबी गर्नुपर्नेछ।

उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवाका लागि परिचित भायनेटले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न नेपाल र बाहिरका प्रख्यात संस्थाहरूसँग साझेदारी गर्दै आएको दाबी गरेको छ।

  • २८ चैत २०७८, सोमबार १८:५३ मा प्रकाशित
  • Nabintech