हुन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षयोजना सार्वजनिक गरेको छ।
‘नयाँ वर्षको सुरुवात हुन्डाईको साथ’ भन्ने योजना लक्ष्मी इन्टरकन्टिनेन्टलले सार्वजनिक गरेको हो।
यो योजना अन्तर्गत ग्राहकहरूले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्।
यस्तै, नयाँ वर्ष बोनस ७९ हजार, एक्सचेन्ज बोनस ७९ हजार सम्म, मोडेर इयर डिस्काउन्ट ९९ हजारसम्म, द्रुत मूल्यांकन र स्पट एक्सचेन्जमा एक वर्षका लागि निःशुल्क बीमा र सडक कर छुट दिइने कम्पनीले बताएको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १६ शोरुम तथा १९ सर्भिस सेन्टरमार्फत सेवा प्रदान गरिरहेको जनाएको छ।
२८ चैत २०७८, सोमबार १८:५२ मा प्रकाशित