१० मंसिर २०७९, शनिबार
नेपाली बजारमा शाओमी १२ र १२एक्स, कति छ मूल्य?
  • मध्यमार्ग

शाओमीले आफ्नो फ्ल्याग्शिप फोन शाओमी १२ र शाओमी १२एक्स को लन्च गरेको छ। कम्पनीले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यी दुवै फोन बजारमा ल्याइएको हो।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पण्डाले भने, ‘शाओमीमा हामी नयाँ–नयाँ प्रविधि र नयाँ–नयाँ फिचर भएको फोन लिन चाहने उपभोत्ताको लागि सधैँ टप नच टेक्नोलोजी इनोभेसन, सुप्रिम पर्फमेन्स र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइसहरू ल्याउन केन्द्रित छौँ। यसै सिलसिलालाई निरन्तरता दिँदै हामीले हाम्रो फ्ल्यागशिप शाओमी १२ र शाओमी १२एक्स लन्च गरेका छौँ, आशा छ यहाँहरूले दुवै फोनलाई मन पराइदिनुहुनेछ।’

शाओमी १२ र शाओमी १२एक्सबाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै फोटो खिच्न सकिने कम्पनीले जनाएको छ।

फोनमा प्रो ग्रेड ट्रिपल क्यामेरा र ५० मगेगापिक्सलको प्रमुख क्यामेरा छन् जसले डप् रेकर्डिङ क्षमता प्रदान गर्दछ। शाओमी १२ र शाओमी १२एक्स मा १३ मेगापिक्सलको अल्ट्रा वाइड एंगल क्यामेरा, ५ मेगा पिक्सलको टेलिम्याक्रो क्यामेरा रहेको छ।

शाओमी १२ र शाओमी १२एक्स दुवै आँखा र अनुहार स्वत: फोकस पनि समावेश छ। यसको साथै यसमा भएको वान क्लिक सिनेमा पिफ्चरमा प्यारालल वर्ल्ड, प्रिफ्ज प्रफ्मे भिडियो, म्याजिक जुम मोड जस्ता थुप्रै विकल्पहरू छन्।

दुवै फोनमा क्वालकम स्न्यापड्रागन प्रोसेसर रहेको छ। यसमा भएको ४ एनएमको प्रोसेसरले ग्रापिफ्क रेन्डरिङ क्षमतालाई ३०५ सम्म बढाउनुको साथै पहिलाको फोनको तुलनामा यसमा २५५ बढी ब्याट्री टिक्ने कम्पनीको भनाइ छ।
दुवै फोनमा ६.२८ इन्च (फुल एचडी प्लस) डिस्प्ले रहेको छ भने यसमा डल्बी एट्मस पावर्ड हर्मन कार्डोनको साउन्ड सिस्टम राखिएको छ।

शाओमी १२ को मूल्य ९२ हजार ९९९ र शाओमी १२एक्स को मूल्य ७६ हजार ९९९ राखिएको छ।

  • २८ चैत २०७८, सोमबार १८:५१ मा प्रकाशित
  • Nabintech