प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरलाई निलम्बन गरिएको स्पष्टीकरण दिएका छन् ।
शुक्रबार सरकारले गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको थियो ।
त्यससँगै अधिकारी स्वतः निलम्बनमा परेका छन् । गभर्नरमाथि गरिएको कारवाहीको चौतर्फी आलोचना भएको छ ।
कांग्रेसका महामन्त्री गगन थापादेखि माओवादीका वर्षमान पुनसम्मले गभर्नरमाथिको कारवाहीबारे प्रश्न गरेका थिए ।
प्रधानमन्त्री देउवाले भने अर्थमन्त्रीलाई असहयोग गरेका भनेको कारण कारबाही गरिएको स्पष्ट पारे ।
सोमबारको सत्तारुढ बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्रीले आफूलाई गभर्नरले असहयोग गरेको बताएपछि कारवाही गरिएको बताए ।
२८ चैत २०७८, सोमबार १५:११ मा प्रकाशित