नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४ अंकले घटेको छ ।
साताको दोस्रो दिन सोमबार एकै दिन ४४.५६ अंकले घट्दै नेप्से २४१९.८० अंकमा झरेको हो ।
धेरै दिनदेखि घटिरहेको नेप्से आइतबार ३५ अंकले बढेको थियो । तर सोमबार फेरि एकै दिन गिरावट भएको हो ।
आजको दिनमा अधिकांश कम्पनीहरुले गुमाएका छन् । विभिन्न कम्पनीका ५० लाख बढी शेयर कित्ता किनबेच हुँदा २ अर्ब २६ करोडको कारोबार भएको छ ।
२८ चैत २०७८, सोमबार १५:०८ मा प्रकाशित