२० असाेज २०७९, बिहीबार
..जब बिहे भोज पाकिरहेको पार्टी प्यालेसमा आगलागी भयो
  • मध्यमार्ग

काठमाडौंको खुसिबुमा विवाहको भोज पकाउँदै गर्दा एक पार्टी प्यालेसमा आगलागी भएको छ।

काठमाडौं महानगरपालिका–१७ खुसिबु नयाँ बजार लिंक रोडमा सुरेशराज श्रेष्ठद्वारा सञ्चालित क्लासिक बफे प्वाइन्ट पार्टी प्यालेसको भण्डार कोठा र भान्सा कोठामा आगलागी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विवाहका लागि खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको हो। आगलागीबाट करिब ४५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।

नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयले दमकलको सहयोगमा झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए। घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट प्रहरी नायब उपरीक्षकसहित ३० जना, नगर प्रहरी कार्यालय, भृकुटीमण्डपबाट प्रहरी निरीक्षकसहित १० जना र नारायणहिटी संग्रहालयस्थित श्री पुरानो गोरख गणबाट उपसेनानीको कमाण्डमा ३५ जनाको नेपाली सेनाको टोली आगो नियन्त्रणमा खटिएको थियो।

आगो आइतबार साँझ करिब ६ : ३५ बजे पूर्णरुपमा नियन्त्रण लिन सफल महानगरीय प्रहरी परिसरले जनाएको छ।

  • २७ चैत २०७८, आईतबार २२:१८ मा प्रकाशित
  • Nabintech