१७ असाेज २०७९, सोमबार
नेपाल प्रहरीका ११ डीएसपीको काज सरुवा [हेर्नुहोस् सूची]
  • मध्यमार्ग

नेपाल प्रहरीका ११ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको काज सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले डीएसपीको सरुवा निकालेको एक हप्तामै काज सरुवा निकालेको हो। चुनावको मुखमा राजनीतिक दबाबका कारण उनीहरूको काज सरुवा गरिएको प्रहरी स्रोत बताउँछ।

इप्रका मालाखेती कैलालीमा रवीन्द्र पाण्डे, इप्रका राजापुर बर्दियामा सूर्य प्रसाद सुवेदी, इप्रका लम्की कैलालीमा रबिन कार्कीलाई पठाइएको छ।

त्यस्तै, दुई एसपीको पनि सरुवा भएको छ। दंगा नियन्त्रण गण त्रिपुरेश्वरमा एसपी प्रजित केसीलाई पठाइएको छ भने गणका एसपी सानुराम भट्टराईलाई काठमाडौं परिसरमा खटाइएको छ।

यससँगै परिसरमा दुई एसपी हुने भएका छन्। यसअघि त्यहाँ एसपी दिनेशराज मैनाली पनि कार्यरत छन्।

एसएसपी चक्रबहादुर सिंह नेतृत्वको एक समितिले परिसरमा मुद्दा र अप्रेसन हेर्न २ एसपी राख्न सिफारिस गरेको थियो। त्यसै अनुसार दुई एसपीको व्यवस्था गरिएको हो।

  • २६ चैत २०७८, शनिबार २१:४६ मा प्रकाशित
  • Nabintech