काठमाडौंको नाङ्लेबजारमा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा ४ ख ६३७९ नम्बरको टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको मृत्यु भएको बताइएको छ। बाँस्कोटा सोही टिपरका सहचालक हुन्।
२६ चैत २०७८, शनिबार १२:४९ मा प्रकाशित