९ असाेज २०७९, आईतबार
प्रचण्डका भाइ राष्ट्रियसभामा नियुक्त गरिनु नातावादको पराकाष्ठा होः ओली
  • मध्यमार्ग

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइ नारायण दाहाललाई राष्ट्रियसभामा मनोनित गरिनु नातावाद कृपावादको पराकाष्ठा भएको बताएका छन् ।

शनिबार कोटेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डका भाइलाई राष्ट्रियसभामा नियुक्त गर्नुले शहीद परिवार र घाइतेलाई उपेक्षा गरेको बताए ।

उनले भने, ‘पुष्पकमल दाहालका भाइ नारायण कमल दाहाल अच्छा खासा गुरिल्ला हुनुहुन्थ्यो । उहाँलाई राष्ट्रपतिबाट राष्ट्रियसभामा नियुक्त गरियो । यत्रो विघ्न घाइते र शहीद परिवार थिए । जनयुद्धमा मौकाले बचेका मान्छेहरू छन् । ती सबैलाई पन्छाएर, उपेक्षा गरेर आफ्नै भाइलाई नियुक्त गरियो ।’

  • २६ चैत २०७८, शनिबार ११:३३ मा प्रकाशित
  • Nabintech