भन्सार विभागको भन्सार एजेन्टको इजाजतपत्रको लागि परीक्षा सञ्चालनका लागि केन्द्रहरु तोकेको छ ।
यसअघि परीक्षा पटकपटक स्थगित हुँदै आएको थियो ।
नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड बमोजिम परीक्षा सञ्चालन गरिने जनाइएको छ ।
त्यस्तै, कोरोना संक्रमण भएकाहरुका लागि छुट्टै केन्द्र तोकिएकाले परीक्षाको अघिल्लो दिन १ बजे विभागमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

२६ चैत २०७८, शनिबार १०:०७ मा प्रकाशित