सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।
अर्थमन्त्रालयका अनुसार अधकिारी निलम्बित भएपछि डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिइएको छ ।
अर्थतन्त्र ध्वस्त पारेको आरोप लगाउँदै सरकारले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको बताइएको छ ।
मन्त्रिपरिषदको निर्णयअनुसार अधिकारीलाई निलम्बन गरिएको हो । अर्थमन्त्री जनार्दन शर्माले महत्वपूर्ण सूचना चुहाएको आरोप लगाएका थिए ।
मन्त्रिपरिषद बैठकले अधिकारी अर्थतन्त्र धराशयी बनाएको ठहर गरेको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गर्भनर अधिकारीविरुद्ध छानबिन गराउन समिति गठन गरिएको थियो ।
शुक्रबार सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा डा सूर्य थापा र डा चन्द्रकान्त पौडेलसहित ३ सदस्यीय छानबिन समिति बनाएसँगै उनी निलम्बनमा परेका हुन् ।
समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
क्याबिनेटमै प्रधानमन्त्री देउवाले अधिकारीविरुद्ध अनुसन्धान गर्न निर्देशन दिएका थिए ।
अधिकारीले विलासी वस्तुहरुको आयातमा कडाइ गरेका लगायत कुराबाट सरकार रुष्ट भएको बताइएको छ ।
यद्यपि विश्लेषकहरुले भने सरकारको अकर्मणीयता गर्भनरमा पोखिएको टिप्पणी गरेका छन् ।
२५ चैत २०७८, शुक्रबार २१:०२ मा प्रकाशित