९ असाेज २०७९, आईतबार
२८ ट्राफिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
  • मध्यमार्ग

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा अन्तर्गतमा रहेका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षकबाट प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति भएको २८ जना प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा शुक्रबार आयोजित कार्यक्रमकाबीच पदोन्नती भएका प्रहरी कर्मचारीहरुलाई कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले दर्ज्यानी चिन्ह प्रदान गरेका उपत्यका ट्राफिक प्रहरीका प्रवक्रा प्रहरी उपरीक्षक संजीव शर्मा दासले जनाएका छन् ।

एसएसपी जोशीले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै थपिएको जिम्मेवारी पुरा गर्न पूर्ण व्यवसायिक भई इमान्दारिताका साथ कार्यक्षेत्रमा कृयाशिल रहनुपर्ने बताए ।

थपिएको नयाँ दर्जामा पदोन्नति हुनुभएकोमा गर्वबोध गर्दै आगामी दिनमा संगठनको गरिमा उच्च पार्न थप क्रियाशिल, जिम्मेवार र समर्पित भई सेवा गर्नहुन निर्देशन दिए ।

दर्ज्यानी चिन्ह शुसोभन कार्यक्रममा प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक तथा अन्य ट्राफिक प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

  • २५ चैत २०७८, शुक्रबार १८:१८ मा प्रकाशित
  • Nabintech