निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको जनाएको छ ।
शुक्रबार आयोगले पत्रकार सम्मेलन गर्दै शुक्रबारबाटै आचारसंहिता लागु भएको स्पष्ट पारेको छ ।
आयोगले सामाजिक सञ्जालमा पनि प्रचार गर्न अंकुश लगाएको छ । जसमा दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले जनाएको छ । यो निकै संकुचित भएको विश्लेषकहरुको भनाइ छ ।
आयोगले झोला, टिसर्ट, क्याज जस्ता सामाग्री छाप्न र वितरण गर्नसमेत रोक लगाइएको जनाएको छ ।
२५ चैत २०७८, शुक्रबार १८:०४ मा प्रकाशित