जिल्ला अदालत काठमाडौँले पशुपति विकास कोषको धर्मशालामा बतास समूहले होटल सञ्चालनका लागि पशुपति विकास कोषसँग गरेको करार सम्झौता रद्द नगर्न अन्तरकालीन आदेश जारी गरेको छ ।
शुक्रबार जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यस्तो आदेश दिएको हो ।
अदालतले करार रद्द गर्नुको कारणबारे लिखित जवाफ दिनसमेत पशुपति विकास कोषका नाममा कारण देखाऊ आदेश समेत दिएको छ ।
अदालतले पशु्पति विकास कोषलाई १५ दिन भित्र लिखित जवाफ पेस गर्न र अन्तरकालीन आदेश र व्यवसायमा कुनै असर नपार्न समेत भनेको छ ।
जालसाजी र स्वार्थगत ढंगले करार रद्द गर्न लागिएको भन्दै बतास समूह अदालत पुगेको थियो ।
२५ चैत २०७८, शुक्रबार १६:२६ मा प्रकाशित