२० असाेज २०७९, बिहीबार
नेपाल बारको अध्यक्षमा घिमिरेसहित प्यानल विजयी
  • मध्यमार्ग

 

नेपाल बार एसोसियशनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् ।

चैत १९ गते भएको निर्वाचनको शुक्रबार आएको अन्तिम मत परिणामले सत्तारुढ गठबन्धनको घिमिरेसहित प्यालन नै विजयी बनेको हो ।

नेकपा एमाले निकट प्रगतीशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार विष्णुमती अधिकारी पराजित बनेको छ ।

त्यस्तै, महासचिवमा गठबन्धनकी उम्मेदवार अञ्जिता खनाल र कोषाध्यक्षमा पनि गठबन्धनकै भरतबहादुर राउत विजयी भएका छन् ।

२५ सदस्यीय रहने बारको कार्यसमितिका लागि ७ हजार ४ सय २९ मत खसेको थियो ।

  • २५ चैत २०७८, शुक्रबार १६:०० मा प्रकाशित
  • Nabintech