नेपालमा पछिल्लो समय कोरोनाभाइरस संक्रमण घट्दै गएको छ ।
यही क्रममा शुक्रबार पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३४९ वटा नमूना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी, ८९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६९ मा झरेको छ ।
शुक्रबार २६ हजार ४५ जनाले कोभिड–१९ विरुद्धको खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२५ चैत २०७८, शुक्रबार १५:५२ मा प्रकाशित