२० असाेज २०७९, बिहीबार
बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ
  • मध्यमार्ग

प्रहरीले बैंकिङ कसूर मुद्दाका २ जना जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले झापाको गौरादह नगरपालिका–५ का ५० वर्षीय उपेन्द्रप्रसाद ढुंगाना र नुवाकोटको शिवपुरी गाउँपालिका–३ का ३१ वर्षीय राजु भण्डारी छन्।

उनीहरुलाई दुई छुट्टाछुट्टै घटनामा पक्राउ गरिएको अपराध महाशाखाका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले बताए।

ब्रजेश कुमार नायकको जाहेरीले ढुंगाना पक्राउ परेका हुन्। ढुंगानाले नायकलाई १७ लाख रुपैयाँ बराबरको चेक दिएका थिए। तर, पर्याप्त रकम नभएको भन्दै चेक नसाटिएपछि उनीविरुद्ध बैंकिङ कसुरको जाहेरी परेको थियो।

उच्च अदालत विराटनगरबाट ढुंगानाविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय दमक पठाइएको महाशाखाले जनाएको छ।

भण्डारी भने उच्च अदालत पाटनबाट गत वैशाख २९ गते ७ लाख २ हजार ५ सय रुपैयाँ जरिवाना सुनाइएका फरार प्रतिवादी हुन्।

  • २४ चैत २०७८, बिहीबार २२:४८ मा प्रकाशित
  • Nabintech