सरकारले हप्तामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले साताको दुई दिन सरकारी बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
जसअनुसार अब शनिबार र आइतबार सरकारी बिदा हुनेछ।
आर्थिक संकट बढेपछि नेपाल राष्ट्र बैंकले दिएको सुझाव अनुसार मन्त्रिपरिषद्ले यो निर्णय गरेको बताइएको छ। दुई दिन सरकारी बिदा दिँदा इन्धन खपत घट्ने विश्वास लिइएको छ।
पछिल्लो समय लगातार इन्धनको मूल्य बढिरहेको छ। देशको अर्थतन्त्र संकटतर्फ उन्मुख रहेको अर्थशास्त्रीहरूको विश्लेषण छ।
२४ चैत २०७८, बिहीबार २२:३८ मा प्रकाशित