२० असाेज २०७९, बिहीबार
मोटरसाइकललाई ठक्कर दिएर भागेका सवारी चालक पक्राउ
  • मध्यमार्ग

सवारी ज्यानसम्बन्धी घटनाका आरोपी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ओखलढुङ्गा सुनकोशी गाँउपालिका–२ घर भइ हाल काठमाडौं कागेश्‍वरी मनहरा नगरपालिका–५ डाँछी बस्ने १९ वर्षीय मनकुमार तामाङ रहेका छन्। तामाङलाई बिहीबार डाँछीबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

बुधबार १५:३२ बजे काठमाडौं महानगरपालिका–१३ सोल्टिदोबाटोस्थित नेपाल इन्भेष्टमेन्ट बैंक अगाडि सडकखण्डमा बा १७ च ४९०३ नम्बरको टाटा भ्यान गाडीले बागमती प्रदेश ०२–०२८ प ७७२१ नम्बरको मोटरसाइकललाई ठक्‍कर दिएको थियो।

उक्त ठक्करबाट मोटरसाइकलमा सवार चन्द्रागिरी नगरपालिका–२ ठेगाना भएका अन्दाजी २८/३० को किशोर सुवेदी घाइते भएका थिए। उनको उपचारको क्रममा स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल बिहीबार मृत्यु भएको थियो।

प्रहरीका अनुसार तामाङ मोटरसाइकलाई ठक्कर दिएर फरार भएका थिए।

घटनाका सम्बन्धमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अर्न्तगत सवारी ज्यान अपराधमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • २४ चैत २०७८, बिहीबार २२:३० मा प्रकाशित
  • Nabintech