१७ असाेज २०७९, सोमबार
अमेरिकी रक्षा मन्त्रालयको दाबी– रुसी सेना किएभबाट फिर्ता भए
  • मध्यमार्ग

काठमाडौं– अमेरिकी रक्षा विभागका अधिकारीहरूले युक्रेनको राजधानी किएभ र चेर्निहाइभ सहरबाट रुसी सेना पूर्ण रूपमा फिर्ता भइसकेको बताएका छन्।

बुधवार एक मिडिया अन्तरक्रियाको क्रममा पेन्टागनका अधिकारी जोन किर्बीले भने, ‘रूसी सेनाहरू पूर्ण रूपमा किएभ र चेर्निहाइभबाट फिर्ता भइसकेका छन्। हामीले किएभ र चेर्निहाइभमा रूसी सेना देख्दैनौं।’

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो रणनीतिक लक्ष्य हासिल गर्न पूर्ण रुपमा असफल भएको पनि बताए। किर्बीले भने, ‘उनीहरूले सानो जनसंख्या भएका क्षेत्रहरू मात्र नियन्त्रण गरिरहेका छन्। खार्किभ पनि उनीहरूको नियन्त्रणमा गएन।’

अमेरिकाको यो भनाइ यस्तो बेला आएको हो जब रुसले केही दिन अघि युक्रेनको पूर्वी भागको डोनबास क्षेत्रमा आफ्नो प्रभाव बढाउने घोषणा गरेको थियो।

पेन्टागनका एक वरिष्ठ अधिकारीले नाम न छाप्ने सर्तमा रुसी सेनाले भविष्यमा फेरि किएभतर्फ जान सक्ने बताए। यद्यपी, उनले सेना फर्कने वा नआउने भन्ने पनि अहिले नै स्पष्ट नभएको बताए। युक्रेनमा पठाइएको रुसी सेनाको १३० बटालियनमध्ये ८० जना अझै पनि देशमा रहेको अधिकारीले बताए।

समाचार एजेन्सी एसोसिएटेड प्रेसले अमेरिकी रक्षा अधिकारीलाई उद्धृत गर्दै हालसम्म रुसले युक्रेनबाट आफ्ना २४ हजार सैनिक फिर्ता गरेको जनाएको छ।

  • २४ चैत २०७८, बिहीबार ०८:४३ मा प्रकाशित
  • Nabintech