१७ असाेज २०७९, सोमबार
च्याम्पियन्स लिग : भिल्लारियलसँग बायर्न पराजित
  • मध्यमार्ग

काठमाडौं– उपाधि दावेदार बायर्न म्युनिख युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ। जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न स्पेनिस क्लब भिल्लारियलसँग उसकै मैदानमा १–० ले पराजित भएको हो।

घरेलु मैदानमा भिल्लारियलको जितमा खेलको सुरुमै एर्नाउट डानजुमाले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको आठौं मिनेटमा ड्यानियल पारेजोको पासमा गोल गरेका थिए।

४१औं मिनेटमा घरेलु टोलीका फ्रान्सिस कोकुलिनले गोल गरेपनि भिएआरबाट मान्यता पाएन। उक्त गोलको मूभमा उनी अफसाइड ठहरिएका थिए।

अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके भिल्लारियल सेमिफाइनलमा प्रवेश गर्नेछ।

बायर्नलाई सेमिफाइनलमा प्रवेश गर्न घरेलु मैदानमा हुने दोस्रो लेगमा कम्तीमा २–० को जितको खाँचो छ। दोस्रो लेग १२ मार्चमा एलिएन्ज एरिना म्युनिखमा हुनेछ।

  • २४ चैत २०७८, बिहीबार ०६:५४ मा प्रकाशित
  • Nabintech