९ असाेज २०७९, आईतबार
सर्लाहीमा गोली प्रहार गरेर भारतीय नागरिकको हत्या
  • मध्यमार्ग

सर्लाहीमा गोली प्रहार गरी एक भारतीय नागरिकको हत्या गरिएको छ। मलंगवा नगरपालिका–९ मा बुधबार साँझ भारतीय नागरिक ३५ वर्षीय इन्दल महतोमाथि गोली प्रहार भएको थियो।

गोली लागेर गम्भीर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका निवासी महतोको मलंगवास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) प्रविण पोखरेलका अनुसार मोटरसाइकलमा आएका व्यक्तिले महतोमाथि गोली प्रहार गरेका थिए।

मंलगवास्थित कृष्णामति विद्यालयको पछाडि महतोमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। गोली प्रहार गरेका व्यक्ति भारततर्फ भागेको बताइएको छ।

घटनामा विषयमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।

  • २३ चैत २०७८, बुधबार २१:४७ मा प्रकाशित
  • Nabintech