१० मंसिर २०७९, शनिबार
जाजरकोटमा भेरी नदीको टापुमा भेटियो महिलाको शव
  • मध्यमार्ग

प्रतिकात्मक तस्वीर।

जाजरकोटको भेरी नगरपालिका- १२ बिस्नाचौरस्थित भेरी नदीको बीच टापुमा एक महिलाको शव फेला परेको छ।

औंशा किरा परेको, कपाल फुलेको, शरीरको माथिल्लो भागमा मखमलको निलो चोली लगाएको, पेटको बीच भागाम सेतो कपडाले बाँधिएको तथा शरीरको तल्लो भागमा कुनै कपडा नरहेको महिलाको शव भेटिएको प्रहरीले जनाएको छ।

बायाँ हातमा पहेलो रातो रंगको पलास्टिको ३ वटा चुरा (कडा) लगाएको अन्दाजी ५५/६० वर्षकी महिलाको शव मंगलबार दिउँसो करिब ३ बजेको समयमा फेला परेको प्रहरीले जनाएको छ। महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

शवको अहिलेसम्म सनाखत नभएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हालै कोही महिला हराएको/वेपत्ता भएको भए जानकारी गराउन र शवको पहिचानमा सहयोग गरिदिन प्रहरीले अनुरोध गरेको छ।

  • २२ चैत २०७८, मंगलबार २१:४६ मा प्रकाशित
  • Nabintech