१० मंसिर २०७९, शनिबार
पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिलले सोध्यो २४ घण्टे स्पष्टीकरण
  • मध्यमार्ग

प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। काउन्सिलले मंगलबार प्राइम टाइम्स टेलिभिजनका सञ्चालकसमेत रहेका धमलालाई स्पष्टीकरण सोधेको हो।

धमला सञ्चालक रहेको प्राइम टाइम्स टेलिभिजनबाट चैत २० गते ‘जनता जान्न जाहन्छन्’ कार्यक्रमअन्तर्गत ‘काठमाडौं उत्रिएपछि विमानस्थलबाटै ऋषि धमलाको रिपोर्टिंड, सेक्युरिटीले रोकेपछि यस्तोसम्म भयो’ शीर्षक दिई विमानभित्रैबाट प्रत्यक्ष प्रसारण गरेको सामग्रीप्रति काउन्सिलको ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमण सकेर नेपाल फर्कने कममा भ्रमण दलमा नै सहभागी धमलाले विमानभित्रैबाट अनुमतिबेगर, पटकपटक वायु सेवाका कर्मचारीहरुले ‘सेक्युरिटी प्रोटोकल विपरीत हो, यसो नगरिदनुहुन, यसो गर्न मिल्दैन’ भन्दाभन्दै पनि बलजफती जबरजस्तीरुपमा निषेध गरिएको क्षेत्रमा छिरेर भिज्युअल रेकर्ड गरी सम्प्रेषण गरेको स्वअनुगमनबाट देखिएको काउन्सिलले जनाएको छ।

पत्रकार तथा सञ्चार माध्यमले सूचना तथा सड़कलन र सम्प्रेषण सभ्य र शिष्टरुपमा सामग्री सम्प्रेषण गर्नुपर्ने, पेसागत अभ्यासमा सामाजिक शिष्टता र मर्यादित कार्यशैली प्रयोग गनुपर्ने पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को व्यवस्था रहेको स्मरण गराउँदै काउन्सिलले बलजफतीरुपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृश्यसहितको प्रत्यक्ष प्रसारण के कति कारणले गर्नुपरेको हो? भनि स्पष्टीकरण सोधेको हो।

धमलाबाट पटकपटक गैह्रपेसागत क्रियाकलाप भइरहेको भन्दै जवाफ माग गरिएको छ। धमलाले केही समयअघि नेपाल बारको आन्तरिक बैठकमा पनि अनुमतिबेगर बैठकस्थलमा प्रवेश गरी प्रत्यक्ष प्रसारणको प्रयास गरेको विषय समेत काउन्सिलको स्वअनुगमनबाट नोटिसमा लिइएको पत्रमा उल्लेख गरिएको छ।

  • २२ चैत २०७८, मंगलबार १७:४३ मा प्रकाशित
  • Nabintech