२० असाेज २०७९, बिहीबार
‘लक्का जवान’को ट्रेलर सार्वजनिक [भिडयोसहित]
  • मध्यमार्ग

हास्यकलाकार तथा फिल्मकर्मी शिवहरी पौड्यालको निर्देशनमा बनेको फिल्म ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ। हास्यव्यंग्य विधामा आधारित रहेको फिल्म ‘लक्का जवान’को ट्रेलर मंगलबार सार्वजनिक भएको हो।

फिल्ममा प्रियंका कार्की, दिलिप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरी पौड्यालगायतका कलाकारको अभिनय छ।

फिल्ममा अन्य कलाकार सुरेन्द्र केसी, जयनन्द लामा (हाल दिवंगत), सरोज खनाल, अन्सुया श्रेष्ठ, सावित्री गुरुङ, अन्जु महर्जन, नरेन्द्र कंशाकरलगायतका कलाकारको  पनि अभिनय छ।

फिल्ममा पारिवारिक कथालाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको छ। निर्देशक पौड्यालकै कथा र पटकथामा आधारित रहेको फिल्मलाई अन्सुया श्रेष्ठको लगानीमा निर्माण गरिएको छ।

फिल्मका कार्यकारी निर्मातामा किरण केसी, दिलिप रायमाझी र निर्देशक पौड्याल रहेका छन्। फिल्मको सहायक निर्देशनमा योगेन्द्र कार्की, सिनेमेटोग्राफरमा पुरुषोत्तम प्रधान र सम्पादनमा मित्र डि गुरुङ रहेका छन्।

धुर्व वन्तको प्रस्तुति रहेको फिल्म आमा बंगलामुखी फिल्म्सकाको ब्यानरमा बनेको हो। फिल्म आगामी वैशाख १३ गते प्रदर्शनमा आउँदै छ।

  • २२ चैत २०७८, मंगलबार १५:५४ मा प्रकाशित
  • Nabintech