निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको तेस्रो दिन मंगलबार ४६ अंकले घटेको छ । नेप्से ४६.४६ अंकले घटेर २४५२.०७ बिन्दुमा झरेको छ ।
आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् । त्यस्तै, मंगलबार कारोबार रकममा भने केही सुधार आएको छ । विभिन्न कम्पनीका ५८ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोडको कारोबार भएको छ ।
२२ चैत २०७८, मंगलबार १५:१८ मा प्रकाशित